काठमाडौं । नवलपुरको देवचुली १७ निवासी कृष्ण चालिसे २० दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । जेठ २३ गते घरबाट निस्किनुभएका उहाँ अहिलेसम्म घर फर्किनुभएको छैन ।
गाई फार्म सञ्चालन गर्दै आउनुभएका चालिसेले जेठ २३ गते २ वटा गाई पोखरास्थित भाइको घरमा लैजानु भएको थियो । परिवारका अनुसार उहाँ २४ गते बिहानै घर फर्केको बुझिन्छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- बिजुक्छेको शवयात्रामा हजारौँको भीड, सिङ्गो भक्तपुर शोकमा डुब्यो
- ५ पाण्डवलाई द्रोपदीले कसरी एकसाथ “शारीरिक सुख” प्राप्ति गराउथिन् !
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- फेसबुकमा `सुसाइड नोट´ लेखेकी लोकदोहोरी गायिका सुनार मृत भेटिइन्
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- यस्तो दुधका कारण अबको १० वर्षमा ४० प्रतिशतमा क्यान्सरको खतरा
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !
- यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो ?
- बच्चा जन्माउन भर्ना गरेर श्रीमान खाना खान जाँदा गर्भवती बेपत्ता, देशकै नामुद अस्पतालमा शनसनी
- भोलिदेखि ग्रहहरूका सेनापतिले मच्चाउनेछ हलचल, यी राशिमा प्रवेश गरेर बढाइदिनेछ समस्या
‘पोखराको देवरबाबुको घरमा दुई वटा गाई गाडीमा हालेर लैजानुभएको हो । भोलिपल्टै त्यही गाडीमा घर फर्कँदै हुनुहुन्थ्यो ।’
श्रीमती सरुले भन्नुभयो– ‘चेक साट्न भन्दै गाडीबाट ओर्लेर बैंकतिर जानुभएको गाडीका ड्राइभर भन्नुहुन्छ । तर घर आउनुभएन ।’
चालिसेसँग १ लाख ९० हजार पैसा रहेको सरुले बताउनुभयो । नारायणगढ सहिद चोकमा रहेको कृषि विकास बैंकको सीसीटिभी फुटेज हेर्दा ३ः१७ बजे चेक साटेर चालिसे बैंकबाट बाहिरिएको देखिन्छ । त्यसपछि उहाँ कहाँ जानुभयो कुनै पत्तो छैन ।
घर नआएपछि फोन गर्दा मोबाइल उक्त दिनदेखि नै अफ रहेको छ । प्रहरीलाई जानकारी गराएपछि कल डिटेल हेर्दा पनि तुरुन्तै मोबाइल अफ भएकाले अन्यत्र गएको बारे थाहा हुन नसकेको परिवार बताउँछ । परिवारसँग कुनै प्रकारको मनमुटाव नभएको पनि सरुले बताउनुभयो ।
८ वर्ष दुबई बसेर नेपाल फर्केका चालिसे ४ वर्षअघिदेखि गाई फार्म सञ्चालन गर्दै आउनुभएको थियो । चालिसे बेखबर बन्दा परिवार चिन्तामा छ । सानी छोरी बाबाको अभावमा पिरोलिने गरेको सरु बताउनुहुन्छ ।
कृष्ण चालिसेलाई देख्ने वा भेट्नेले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८२१००६७७१, ९८२१४१७५६५ वा ९८०४४९६०९३ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेका छन् ।
सबैको जानकारीको सेयर गर्नुहोस !!