काठमाडौं । म सरकारबाट बाहिरिनुपर्ने भयो भने मेरो लागि अध्यक्ष (माधवकुमार नेपाल) मेरेतुल्य भयो ।
केही दिन अघि सबैका अगाडि नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भनिएको शब्द हो यो । त्यसपछि नेपालको शीर घोप्टियो, केही बोल्नुभएन ।
पार्टीले मन्त्रीहरु फिर्ता बोलाउँने निर्णय गरिसकेको छ राजीनामा दिएर मार्ग खोल्नुस् भन्दै अध्यक्ष नेपाल बसिरहेको ठाउँबाट उठ्नुभयो । त्यसपछि शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिनुभयो ।

मन्त्रालयको बिदाई कार्यक्रममा रुँदै बाहिरिनुभयो । त्यसपछि पत्रकार ऋषि धमलाको कार्यक्रममा झाँक्रीले आफूले ६ महिनाको लागि मात्रै मन्त्री बन्छु भनेर पार्टी अध्यक्ष माधवकुमार नेपालसँग सही छाप गरेर मन्त्री नबनेको स्पष्ट पार्नुभएको छ ।
मन्त्रीबाट राजीनामा दिएलगत्तै प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादी पार्टीकै कारण आफू मन्त्री बनेको स्मरण गराउनुभयो ।
झाँक्रीले आफू भावुक प्रकृतिको व्यक्ति भएकोले आँशु रोक्न नसक्ने बताउनुभयो । र, यो आफ्नो कमजोरी भएकोले अब ४० वर्ष काटिसकेकोले यो कमजोरी सुध्रिने सम्भावना नरहेको उहाँको भनाई छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- राजीनामा दिएपछि मन्त्रालयको बिदाइ कार्यक्रममा जब रामकुमारी झाँक्री रुन थालिन्
- झाँक्रीको आँशु नाटक कि नटौङ्की ?
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- फेसबुकमा `सुसाइड नोट´ लेखेकी लोकदोहोरी गायिका सुनार मृत भेटिइन्
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- यस्तो दुधका कारण अबको १० वर्षमा ४० प्रतिशतमा क्यान्सरको खतरा
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !
- यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो ?
- बच्चा जन्माउन भर्ना गरेर श्रीमान खाना खान जाँदा गर्भवती बेपत्ता, देशकै नामुद अस्पतालमा शनसनी
- भोलिदेखि ग्रहहरूका सेनापतिले मच्चाउनेछ हलचल, यी राशिमा प्रवेश गरेर बढाइदिनेछ समस्या
उहाँले आजकै दिनमा एमाले र एकीकृत समाजवादीबीच एकताको सम्भावना नरहेको तर यतातर्फ सोच्नुपर्ने दिन आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, पार्टी एकता वा सहकार्यको सम्भावना भने सधैं जीवित छ । उहाँले आफूलाई मन्त्री बनाउनको लागि भूमिका खेलेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई धन्यवाद दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबारे भने उहाँले मन्त्री हुँदा टिकाटिप्पणी वा आलोचना नगरेको स्मरण गराउँदै अहिलेपनि उत्तिकै सम्मान रहेको सुनाउनुभयो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!

