काठमाडौं । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् ।
लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् ।
एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ । “बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो”, भङ्गाहा नगरपालिका–४ रामनगरका इद्रिस राइनले भन्नुभयो ।
जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन् । असार मसान्तमै धानको शाहीरोप (पहिलो बीउरोप) सकिने बलवा नगरपालिकाका मन्सुल राइन बताउनुहुन्छ ।
“मौसमले साथ दिए समयमै धान रोपाइँ सकिन्छ”, उहाँले भन्नुभयो । मल नपाएकामा भने उहाँको दुःखेसो छ ।
महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप सक्ने र साउन तेस्रो साताभित्र खरुवन ९पहिले रोपिएको बीउको रोपो गाँजिएपछि उखेलेर रोप्ने० रोपाइँ सक्ने उपयुक्त समय हो ।
यसपालि बीउ धानको अभावले समयमै ब्याड राख्न नपाएको किसान बताउँछन् । उनीहरुले सहकारी संस्था र बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाएका छन् ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- सन्नी लियोनीलाई टक्कर दिन सक्ने भन्दै नेपाली चेली सुष्मा अधिकारीको भारतभर चर्चा [ १० तस्वीर ]
- के सेक्स सन्तुष्टि पूरा नहुँदा हिस्टेरिया हुन्छ ! के-के हुन् लक्षण
- अमेरिकामा ट्रकमा मृत फेला परेका ४६ जनाको मृत्युको कारण यस्तो रहेछ
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- यो तस्वीरमा चितुवा कही देख्नुहुन्छ ? अति तिक्ष्ण बुद्धी भएका १ प्रतिशतले मात्र देखे
- योनीबाट केही न केही तरलपदार्थ झरिरहन्छ ? कतै यस्तो रोग लागेको छ हैन !
- के गाँजाको सेवनले सेक्स पावर बढाउँछ ?
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- चर्चितहरुको फेसबुकमा देखिने यो निलो टिक के हो ? कहिले र कसरी पाउन सकिन्छ ?
- ज्योति मगरको सुन्न र हेर्न नसक्ने छाडा : सिँधै गर्ने हो भन्छन्, तर म अझै कुमारी छु !
- जान्नुहोस् कागती खाँदाका चमत्कारीक फाइदा
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?
ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको हो । लगातार पानी परिरहेकाले खेतका गह्रामा पानी लागेको छ । किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने (बीउ उखेल्ने) र रोप्ने काममा ब्यस्त छन् ।
जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ । यहाँ अधिकांश खेती आकाशे पानीकै भरमा गर्नुपरेको छ ।
समयमा बीउ, मल र जनशक्ति नपाउँदा गाह्रो भएको बर्दिवास नगरपालिका–१२ बिजलपुराका विश्वनाथ सिंह बताउनुहुन्छ । कूल खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टर क्षेत्रफल धानखेतीका लागि उपयुक्त मानिन्छ ।