काठमाडौं । श्रीमतीले एकसाथ धेरै बच्चा जन्माएपछि पतिले सरकार गुहारेका छन् ।

अटो रिक्सा चालककी श्रीमतीले एकैसाथ चार सन्तानलाई जन्म दिएकी छिन् । अस्पतालमा आमा र बच्चा स्वस्थ छन् ।

अटो रिक्सा चालक मनोज कुमार अहिले ७ सन्तानका बाबु बन्नु भएको छ । यसैबीच अहिले मनोज कुमारले बच्चा हुर्काउन चिकित्सक र सरकारसँग सहयोगको अपिल गर्दै हुनुहुन्छ ।

भारत, उत्तर प्रदेशको आगरा जिल्लाबाट एउटा अनौठो घटना बाहिर आएको छ । त्यहाँको इटमदौलाको प्रकाशनगरमा बस्ने मनोजकुमारकी श्रीमती खुश्बुको स्वास्थ्य सोमबार अचानक बिग्रियो ।

मनोज कुमारले खुश्बुलाई ट्रान्स यमुना क्षेत्रको जय अम्बे अस्पतालमा लगेर भर्ना गर्नुभयो । अस्पतालका चिकित्सकहरूले परीक्षण गर्दा थाहा भयो कि खुश्बु गर्भवती हुनुहुन्थ्यो, त्यसपछि अल्ट्रासाउन्ड पनि गरियो ।

अल्ट्रासाउन्डपछि चिकित्सकहरूले जुम्ल्याहा बच्चा भएको कुरा जानकारी गराए । चिकित्सकहरूले प्यानल बनाएर खुश्बुको शल्यक्रिया गरेँ ।

चिकित्सकहरूले अल्ट्रासाउन्ड रिपोर्टका आधारमा जुम्ल्याहा बच्चा हुने अनुमान गरेका थिए । तर जब डाक्टरले शल्यक्रिया गरे एकपछि अर्को गर्दै खुशबुले ४ सन्तानलाई जन्म दिनुभयो ।

नवजात शिशुमा ३ छोरी र एक छोरा छन् । अहिले चारै बालबालिकालाई चिकित्सकले आवश्यक प्रारम्भिक उपचार दिइरहेका छन् ।

अस्पतालका सञ्चालक डा. महेश चौधरी खुश्बु र उहाँका छोराछोरी स्वस्थ रहेको बताउँनुहुन्छ । उनीहरुलाई कुनै किसिमको खतरामा छैन् । डा. महेश पनि आफ्नो जीवनमा पहिलो पटक एउटी महिलाले एकै पटक ४ सन्तान जन्माएको बताउँनुहुन्छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

चार सन्तानका बुबा मनोज कुमार अटो रिक्सा चालक हुनुहुन्छ । उहाँ भाडाको घरमा बस्नुहुन्छ । उहाँ पहिलेदेखि नै तीन छोरीका पिता हुनुहुन्छ । अहिले उहाँ फेरि ४ सन्तानको बाबु बन्नुभयो । यसरी उहाँ ७ सन्तानको बाबु बन्नु भएको हो ।

मनोजका अनुसार उहाँले आकस्मिक खर्च धान्न घरधनीबाट ऋण लिनु भएको छ । मनोजले चिकित्सक र सरकारलाई सहयोग गर्न अपिल गर्नुभयो । मनोजले अब बच्चा हुर्काउन पहिलेभन्दा धेरै मेहनत गर्ने पनि स्पष्ट पार्नुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु