काठमाडौं । तीज नजिक आउँदै गर्दा नेपाली दर्शकले धेरै याद गर्ने गायिकाहरुमा ज्योति मगर पनि पर्नुहुन्छ ।

उहाँको छाडा र उत्ताउलोपन नेपाली दर्शकले खुबै मन पराउँछन् । समय समयमा दिने बयान र अश्लील प्रस्तुतीका कारण गायिका मगर चर्चा र विवादमा पर्ने गर्नुभएको छ ।

हालै उहाँले मेला महोत्सवमा जाँदा आयोजकसँग कसरी कुरा हुन्छ भन्ने कुराको गहिरो जवाफ दिनुभयो । कमेडी च्याम्पियन–२ का फस्ट रनर अप विक्की अग्रवालले ल्याएको ‘आम्मा कस्सम याँ दुख्छ’ पहिलो एपिसोडमा अथितीको रुपमा मगर आउनु भएको थियो । पहिलो एपिसोड एकदम द्विअर्थी (दोहोरो अर्थ लाग्ने वाक्य) ले भरिएको छ ।

ओएसआर रियालिटी युट्यब च्यानलबाट सार्वजनिक एपिसोड झण्डै पाँच दिन भैसक्दा चार लाख पटक हेरिएको छ । १८ वर्षकाले मात्र एक्लै हेर्नु भन्ने सन्देशविना नै सुरु भएको शोमा विक्की ज्योतिलाई देखेर आफूलाई सम्हाल्न नसकेको भन्दै मगरको स्तन छोप्न खोज्नुहुन्छ । त्यसपछि के गरेको भन्दै मगरले भन्नुभयो, ‘यस्तो हट मौसममा हट केटीलाई सिरक नओडाउन भाई ।’

त्यसपछि अग्रवालले आफूलाई गाह्रो भएको भन्दै आँखामा पट्टी बाँध्नुभयो । अब आउँछ ज्योतिको पालो । उहाँले पट्टी खोल्दै भन्नुभयो, ‘कस्तो ग्वाँचे भाई रहेछ । यस्ती राम्री केटीलाई हेरेर मजा लिनु नि, आँखा छोपेर बसिराछ क्या अब होईन... त्यहीँमाथि म १८ प्लस !’

जवाफमा विक्कीले भन्नुभयो, ‘तर मेरो अनुभव अनुसार, ठ्याक्क नघटी नबढी ३६’ छोटोमा गायिका मगरले जवाफ दिदैँ भन्नुभयो, ‘३६ रे ४०’ छाडापन अझैं सकिएको छैन् ।

विक्कीले थप्दै भन्नु भएको छ, ‘अरुले मलाई एकदम सानो भिजन भाको मान्छे भन्थे त्यो कुरा ठिकै रहेछ । मेरो नजर नै स्यानो (सानो) रहेछ ।’ फेरि ज्योतिले भन्नुभयो, ‘यो भाईको नजर मात्रै होईन्, धेरै कुरा स्यानो छ जस्तो लाग्यो मलाई त ।’

शोमा गायिका मगरले तिमिहरू जस्तो नयाँ भाइहरूलाई केही दिऊँ भनेर आएको जस्ता कुराहरु पनि गर्नुभयो । कार्यक्रमको बीचमा महोत्सवमा आयोजकले कसरी बोलाउँछन् भनेर कुरा उठ्छ ।

विक्कीले सोध्नुभयो–तपाईंलाई अर्गनाइजर (आयोजक) हरुले निमन्त्रणा दिनुहुन्छ कि देख्ने वित्तिकै जाने हो भन्नुहुन्छ ?

यसमा गायिका मगरको जवाफ–खासमा मलाई अर्गनाइजरले चाँही निमन्त्रणा दिनुभन्दा अगाडि, जाने हो भन्नु भन्दा अगाडि गर्ने हो भनेर सोध्नुहुन्छ ?

गायिका मगरले आफ्नो कुरालाई थप ब्याख्या गर्दै आयोजकहरुले महोत्सवमा कार्यक्रम गर्ने हो सोध्ने गरेको बताउनुभयो । शोमा चार वर्ष अगाडि भएको एक घटनाको कुरा पनि उठ्यो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

२०७५ साल मंसिरमा गायिका समेत रहनु भएकी मोडल मगर एकादशी मेलामा आयोजित एक कार्यक्रममा सहभागी हुन नवलपरासी जानु भएको थियो । कार्यक्रम सकेर होटेल फर्केपछि आयोजकमध्येका एकले उहाँमाथि दुर्व्यवहार प्रयास गरेको खबर बाहिर आएको थियो ।

सुत्ने तरखरमा रहेका बेला मगरको ढोकामा राति २ बजे ढकढक भयो, उहाँलाई डर लाग्यो । त्यसपछि मगरले फेसबुकमा लाइभ गर्नुभयो । मोबाइललाई एक छेउमा राखेर उहाँले ढोका खोल्नुभयो । बुझ्दै जाँदा थाहा भयो, ढोका ढक्ढकाउने अरु कोही नभएर त्यही होटलका मालिक थिए ।

कोठमा आएर मालिकले मगरलाई आफ्नो गाडीको साँचो समेत लिएर जान भनेका थिए । ज्योतिलाई होटल मालिकलाई कोठाबाट बाहिर पठाउन निकै समस्या परेको थियो ।

सोही विषयमा बोल्दै गायिका मगरले राती आशावादी व्यक्ति कोठामा अतृप्त आत्मा भएर आएको भए पनि आफूले प्यास मेटाउन नसकेको उल्लेख गर्नुभयो । गीतको कुरा गर्दै पिसाब लाग्यो भन्नेबारे पनि उहाँले केही बोल्नुभयो । उहाँका अनुसार सो गीत रमाइलोका लागि भन्दा पनि धेरै सार्वजनिक शौचालय चाहियो भन्ने सन्देश दिनका लागि बनाइएको थियो ।

कार्यक्रमकै दौरानमा उहाँले छाडा बोलेपनि आफू अझै कुमारी नै रहेको दावी गर्नुभएको छ । छाडा बोल्ने मात्रै की अरुपनि भनेर विक्कीले सोध्दा उहाँले आई एम स्टिल भर्जिन भन्नुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु