काठमाडौं । श्वेत प्रदर महिलामा लाग्ने रोग हो । यसले महिलाको स्वास्थ्यमा निकै नराम्रोसँग असर पार्न सक्दछ। यो रोगबाट झण्डै ९० प्रतिशत महिलाहरू पीडित भएका पनि छन् ।

स्वस्थ नारीको योनीलाई संक्रमणबाट बचाउनको लागि महिलाहरूको योनीबाट केही न केही तरलपदार्थ झरिरहन्छ।

यो तरल पदार्थ महिलाको योनिबाट धेरै झर्न थाल्यो भने यो रोग लागेको भन्ने कुरा थाहा पाउनु पर्दछ। यो रोग लाग्नुका मुख्य कारणहरु यसप्रकार छन्

यौनाङ्गलाई सफा नराख्नु । धेरै मात्रामा मैथुन गर्नु । यौनीमा विभिन्न खालका फोका आउनु । अनियमितता रुपमा महिनावारी महिनावारी हुनु । मृगौलाको खराबीको कारण अनि धेरै मात्रामा चिन्तित रहनु ।

लक्षणहरु
रोगीको अनुहारमा चमक आउँदैन। छालामा चाउरी पन देखिन्छ । कम्मर दुख्नु, खुट्टाको जोर्नी अथवा जाँगमा पीडा हुन्छ । हातखुट्टा पोल्नु, टाउको दुख्नु । आँखाको अगाडि अध्यारो छाउनु, रिङ्गटा लाग्नु, भोक नलाग्नु । यौनी चिलाउनु खान मन नलाग्नु ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उपचार
योनीको सफाई नियमितरुपमा गर्नुपर्छ । बिहान व्यायाम साथै सूर्यलाई नमस्कार गर्नुपर्छ । पारिवारिक कलह झगडा शोक चिन्ता बाट अलि टाढै हुने गर्नुपर्छ । धार्मिक पुस्तकहरू पढ्ने बानी बसाल्नुपर्छ ।

यस्तो भइरह्यो भने गर्भाशय अथवा योनीको जाँच गर्दा राम्रो डाक्टरसँग गराउनुपर्छ । बिहान ढिलो समयसम्म सुत्नु हुँदैन । अत्याधिक मैथुन गर्ने बानी छाडिदिनुपर्छ । धेरैबेरसम्म नउभिने, साइकल नचलाउने गर्नुपर्छ ।

खानेकुराको हकमा यस्तै नै खानेकुरा खानुपर्छ भन्ने छैन । जुन खानाले आफूलाई राम्रो बनाउँदछ त्यो खाना खानुपर्दछ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु