२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकार संकटमा : जनमत पार्टीले बजेटपछि निर्णय लिने

CK Raut

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ । जनमत पार्टीलेपनि सरकारलाई दिएको समर्थनबारे बजेटपछि निर्णय लिने भएको छ । स्रोतले दिएको जानकारी अनुसार सरकारबाट बाहिरिने लगभग निर्णयमा पार्टी नेतृत्व पुगिसकेको छ । तर बजेटसम्म पर्खिने सहमति भएको छ ।

काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले संघीय सरकारलाई दिएको समर्थन अहिले कायमै राख्ने बजेट लगत्तै निर्णय लिने निर्णय भएको छ । मन्त्रिपरिषद बिस्तारप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले सरकार भने छोडिसकेको छ । तर समर्थन कायमै छ । संघीय सरकारसँगै मधेश प्रदेशको सरकारबारे पनि बजेटपछि निर्णय गर्ने उसको तयारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीलेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । जनमतपनि बाहिरिएको खण्डमा सरकार संकटमा पर्नेछ ।

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकारमा जनमत पार्टी सहभागी छ । तर गत १० वैशाखको उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएपछि खटपट बढेको छ । बुधबार मात्रै मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीको जिम्मेवारी खोस्नुभएको छ । केन्द्रीय कमिटी बैठकबाट जनमत पार्टीले विधान संशोधन, केन्द्रीय समितिको संख्या थप, कार्यकारिणी समिति गठन र सचिवालय गठन गर्ने निर्णय समेत गरेको छ । साथै दुई सांसदलाई फिर्ता बोलाएर त्यसपछिको क्रमसूचीमा रहेकालाई सांसद बनाउँने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस