२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बुबाको लास नउठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सुनेर उल्टै १५ लाख दिए !

father and daughter heart touching story

काठमाडौं । गाउँमा एकजना भलाद्मी मानिसको निधन भयो । उसका छोरा–छोरीहरू र छरछिमेक मिली अन्तिम संस्कार गर्न लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ।

उसले पार्थिव शरिरको पाउ समात्दै भन्न लाग्छ, उहाँले मबाट १५ लाख लिनु भएको थियो । पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र यो पार्थिव शरिर अन्तिम संस्कारका लागि लैजान पाउनुहुनेछ । यो सुनेपछि छिमेकी, आफन्तसहित तमाम मलामीहरू खडा भएर तमाशा मात्र हेरिरहेका थिए । छोराहरूले दावी गरिरहेका थिए की आफ्ना बाबुले कहिल्यै कसैसँग पैसा कर्जा लिनुभएको छैन ।

त्यसैले हामी यो पैसा दिँदैनौँ । त्यसपछि उपस्थितले छोराहरूले त तिर्दैनन् भने हामी छिमेकीहरूले त तिर्ने कुरै भएन भन्न लागे । मलामीहरु पार्थिव शरिरलाई बोकेर घाटमा लैजान खोज्छन् । तर उक्त मानिस शवको पाउ पक्रिएर बस्छ । यो खबर घरभित्रसम्म पुग्छ । बुहारीहरूपनि हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनौँ भन्छन । मृतककी एक छोरी पनि थिइन् जो रुँदै बाहिर आइन्।

मृतकको लास समाउने व्यक्तिलाई आफ्नो गरगहना फुकालेर दिँदै भन्छिन्, लिनुहोस् यी गहना। यसलाई बेच्नुहोस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ति गर्दछु बुबाको अन्तिम संस्कारलाई अवरोध नगर्नुहोस् । नपुगेको रकम पछि तिर्छु, सक्दो चाँडो व्यवस्था गर्छु । अब लास समाएर पैसा मागिरहेका मानिस उक्त छोरीलाई सान्त्वना दिँदै भन्छन्, “छोरी, म यहाँ कसैलाई चिन्दिन थिए । उहाँको बारेस चिन्नु थियो । मुख्य कुरा त उहाँले मसँग पैसा लिनुभएको थिएन । बरू मैले उहासँग ऋण लिएको थिए । उहाँ वित्नुभएको थाहा पाएँ । सम्पत्तिका अनेक नेत्र हुन्छन् । उहाँले घरमा थाहा नपाई मसँग कारोबार गरेको मलाई थाहा थियो । यसैले मैले कसलाई रकम दिने अन्यौल हुन सक्थ्यो । छोराहरुमा यही कारण कलह उत्पन्न हुन सक्थ्यो । यसैले खास बारेस कसलाई मानौं भन्ने छुट्याउन यो क्षणमापनि मैले यो नाटक गरेको हुँ ।

अकस्मात् प्राप्त भएको सम्पीत्तमाथि धेरैले आँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो । लौ राख यो १५ लाख रुपियाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ । यसमा हक तिम्रो मात्र छ । वास्तवमा छोरीको माया जीवनको साया हो । गाउँलेहरु हो । यो विवाद यही प्रमाणका स्वरुप मिलेको मान्न तयार छौ नी उक्त व्यक्तिले ठूलो स्वरमा भने । त्यसपछि हो यो पैसा लिने हक छोरीको नै रह्यो । भनेर गाउँलेलेपनि समर्थन दिए । छोरीलाई गर्भमा बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ । जसको घरमा छोरी छिन्, त्यो घर पहिलो स्वर्ग हो । यो नैतिक शिक्षाका लागि भारतमा घटेको सत्य घटनाको कथा हो । मन परे सेयरपनि गर्नुहोला ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस