२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी हुन् बढ्दो उमेरसँगै महिलाहरूले गर्ने ५ गल्ती­­­­­­

women mistakes

हरेक मानिसले आफ्नो उमेर बढ्दै गएको कुरालाई सहजतापूर्वक लिनुपर्छ । त्यसको लागि आफूभित्र आत्मविश्वास र संसारलाई आफ्नै नजरले हेर्ने तरिका हुनुपर्छ । यस्तो अवस्थामा तपाईको आफ्नो जीवन अनुभवले पनि धेरै कुराहरू सिकाउँछ र गल्ती गर्नबाट रोक्छ । तर, धेरै वर्षको ज्ञानको बाबजुद पनि स्वस्थ र आकर्षक रहने मामिलामा तपाईबाट कहिलेकाहीँ केही गल्ती हुन सक्छ । तपाई उमेर बढ्दै जाँदा पनि युवावस्थामा जस्तै स्वास्थ्य र आकर्षक रहन सक्नुहुन्छ । यहाँ हामीले यस्ता १२ गल्तीहरूको सूची तयार पारेका छौं जसलाई महिलाहरूले आफ्नो ४० वा ५० को उमेरमा पनि हटाउन सक्छन् र आकर्षक हुन सक्छन् ।

१, गलत ब्रा प्रयोग गर्नु

गुरुत्वाकर्षणले हाम्रो शरीरमा धेरै नै प्रभाव पार्छ । तपाईको उमेरसँगै स्तन झोलिन सक्छ । त्यसैले उमेर बढ्दै गएपछि नियमित प्रयोग गरिरहनुभएको ब्राभन्दा पनि स्तनलाई उठाउने र शरीरलाई स्लिम देखाउने खालको ब्रा प्रयोग गर्नुपर्छ । यसका लागि पहिले प्रयोग गरिरहनुभएको ब्रान्ड र साइजभन्दा अर्को ट्राइ गर्न सक्नुहुन्छ । धेरै जसो ठूला डिपार्टमेन्टल स्टोरहरूले ब्रा फिटिङ सेवा पनि दिन्छन् ।

२, बोरिङ सेक्स लाइफ

हाम्रो संस्कृतिले युवती मात्रै सेक्सी हुन्छन् भन्ने सन्देश दिन्छ तर तपाईले त्यसलाई मान्नुपर्दैन । चाहेजस्तो कपडा लगाउने स्वतन्त्रता र सेक्सी देखिने आत्मविश्वास तपाईमा पनि हुन सक्छ । तपाई यो उमेरमा पनि आफ्नो यौनचाहना पूरा गर्न सक्नुहुन्छ । गफरम्यानका अनुसार ५० वर्ष वरिपरिका महिलाको पनि उत्कृष्ट सेक्स लाइफ हुन सक्छ । धेरै महिलाहरूको सन्तानप्राप्तिको लागि नभई मात्रै रमाइलो र मनोरञ्जनको लागि सेक्स गरिरहेको अनुभव पहिलो र रोमाञ्चक हुनसक्छ ।

३, पुरानै सोचमा अल्झिरहने

लेखक बारबारा गफरम्यानका अनुसार ‘धेरै महिलाहरूले आफूले दशकौंंदेखि जे गर्दै आएका छन् त्यही गरिरहन्छन् ।’ चाहे त्यो फिट नहुने कपडा लगाउने होस् वा पुरानै तरिकाको मेकअप गर्ने । त्यसैले तपाईले पहिले जे गर्नुहुन्थ्यो त्यो गर्ने भन्दा बढ्दो उमेरसँगै आफूलाई जे गर्दा सजिलो लाग्छ र आत्मविश्वास बढ्छ त्यही गर्नुहोस् ।

४, पर्याप्त ननिदाउनु

५० वर्ष लागेपछि रातभर नसुतेर पनि भोलिपल्ट सजिलै आफ्नो काम गर्न सक्ने दिनहरू गइसकेको हुन्छ । तपाईलाई बढ्दो उमेरसँगै निद्रा पुगेन भने त्यसले तपाईलाई समस्यामा पार्न सक्छ । थोरै घन्टाको सुताइले तपाइर्ंलाई मधुमेह र अन्य स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

५, आफ्नो दाँतको ख्याल नगर्ने

तपाई आफ्नो कपाल झर्दै गएको वा छाला चाउरी परेकोमा चिन्तित हुनुहुन्छ होला तर, अब तपाईले दाँतको बारेमा पनि सोच्नुपर्छ । वृद्ध देखाउने एक मुख्य कारण पहेँलो दाँत हो तर यो सुन्दरतासँग मात्रै पनि सम्बन्धित छैन । दाँतको स्वास्थ समग्र स्वास्थ्य र गिजाको रोगसँग पनि सम्बन्धित छ । त्यसैले डेन्टिस्टसँग नियमित भेट्न नछोड्नुहोला ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस