२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकामा मृत्युसँग संघर्ष गर्दै विवेक, पत्नीको हौसलालाई भनियो नयाँ युगको प्रेमको प्रतिक

Sanity Struggling with Death in America

काठमाडौं । अहिले कलियुगका मुना मदन, रोमियो जुलियट भनेर विवेक पंगेनी र उनकी पत्नी सिर्जनालाई भन्न थालिएको छ । चौंथो स्टेजमा पुगेको ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका विवेकलाई श्रीमतीले बाँच्ने केही समयमा गरेको माया र स्याहारलाई विश्वभरकै मानिसहरुले आधुनिक प्रेम जोडीको उपमा दिएका छन् । श्रीमानलाई बचाउन आफ्नो सबै बलबुता खर्चिरहेकी छन् सिर्जना । उनीहरुका भिडियो पछिल्लो चर्चित समाजिक सञ्जाल भिडियो प्लाटफर्म टिकटकमा आउने गर्छन् ।

पढाइमा तेज विवेक भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा करिब ७ महिनाअगाडि अमेरिका गएका थिए । पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि करिब साढे दुई महिना अगाडि उनी नेपाल आए । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो ।

अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ । चौंथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि छाँगाबाट खसे झैं भए विवेक र सिर्जना । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो ।

भाइ विपीन पंगेनीका अनुसार अमेरिकाको अस्पतालमा विवेकका दुईवटा सल्यक्रिया भएका छन् र ७० प्रतिशत ट्युमर निकालिएको छ । तर, बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत लामो समयसम्म गर्नुपर्ने चिकित्सकले बताएका छन् । सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे टिकटकबाटै सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनीहरुका लाखौं शुभचिन्तकले प्रार्थनामात्र होइन, आर्थिक सहयोग पनि गरिरहेका छन् । गो फन्डमार्फत अहिलेसम्म १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन भएको छ ।

बैंक खातामा पनि केही सहयोग आएको छ । सिर्जनाले बेलाबखत श्रीमानसँग भिडियोहरु बनाएर टिकटकमा पोस्ट गर्छिन् । तर, यी भिडियोहरुले पहिले जस्तो दर्शकलाई मनोरञ्जन गराउँदैनन्, बरु भावुक बनाउँछन् । धेरैले श्रीमानप्रति सिर्जनाको असीम प्रेम र समर्पणलाई सराहना गरिरहेका छन् । पहिले यो जोडी टिकटकमा रोमान्टिक भिडियो पोस्ट गर्ने गर्दथ्यो ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस