२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुई नयाँ भेरियन्टमा नेपाल भित्रिए ‘लुयान’ ब्रान्डका सस्ता बिजुली स्कुटर

Cheap electric scooters of the 'Luyan' brand entered Nepal in two new variants

काठमाडौं । लुयान ब्रान्डका एमएनके थ्री मोडेलका दुई नयाँ भेरियन्टका सस्ता बिजुली स्कुटर नेपाली बजार भित्रिएका छन् । लुयानका लागि नेपालको आधिकारिक बिक्रेता जेरो इमिसन नेपालले यी स्कुटर बजारमा भित्र्याएको हो ।

यसअघि एमएनके मोडेलको लिड एसिड ब्याट्री बिक्री गर्दै आएकोमा अब कम्पनीले ग्रफिन र लिथियम आयन ब्याट्री भर्सनका बिजुली स्कुटर बिक्री गर्ने भएको छ । यी सबै भेरियन्टका स्कुटर सुन्तला रङ्ग र रातो रङ्गमा उपलब्ध भएका छन् ।

कम्पनीले लिड एसिड ब्याट्री भर्सनको मूल्य एक लाख ७३ हजार ७०० रुपैयाँ, ग्रफिन ब्याट्री भेरियन्टको मूल्य एक लाख ८२ हजार ७०० रुपैयाँ र लिथियम आयन ब्याट्री भर्सनको मूल्य दुई लाख ४० हजार ३०० रुपैयाँ कायम गरेको छ ।

नयाँ भेरियन्टमा केही विशेष फिचरहरू समावेश भएको कम्पनीले जनाएको छ । विशेषगरी यी स्कुटरमा एनएफसी सेन्सर कार्ड रहेको छ, जसले गर्दा यसमा की इन्ट्री र एन्टी थेप्ट अलार्म एक्टिभेट हुने सिस्टम जडान गरिएको छ ।

 

त्यस्तै यसमा टर्न सिग्नल लाइट र बजर अलर्ट समेत रहेको छ । यी भेरियन्टका स्कुटरमा १५०० वाट क्षमताका लिक्विड कुल्ड हब मोटर, ७२ भोल्ट ३२ एम्पियरको ब्याट्री र ७२ भोल्ट ५० एम्पियरको कन्ट्रोलर जडान गरिएको छ । कम्पनीका अनुसार यो स्कुटर एक पटकको फुल चार्जमा ५५ देखि ६० को स्पिडमा ७० देखि ८० किमि र ३५ देखि ४५ को स्पिडमा ८० देखि १०० किमि गुडाउन सकिन्छ ।

यसैगरी स्कुटरको अगाडिपट्टिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा सेरामिक ड्रम ब्रेक रहेको छ । यसमा भएको अटो ह्विल लक, चाइल्ड लक र यूएसबी पोर्ट जस्ता सुविधाले यस स्कुटरलाई सुरक्षित बनाउने कम्पनीको दाबी छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस