२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१०८ मेगापिक्सेलको क्यामेरा र ६००० एमएएच ब्याट्री सहित ‘सामसङ ग्यालेक्सी एफ ५४’ नेपाली बजारमा

Samsung Galaxy F54

काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एफ५४ सार्वजनिक गरेको छ । १२० हर्ज रिफ्रेसरेट सहितको ६.७ इन्चको सुपर एमोलेड प्लस डिस्प्ले दिइएको यो मिडरेन्ज फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ । त्यस्तै ८ मेगापिक्सेलको अल्ट्रा-वाइड र २ मेगापिक्सेलको म्याक्रो लेन्स क्यामेरा दिइएको छ । यो ट्रिपल–लेन्स सेटअपका कारण प्रयोगकर्ताले एडभान्स क्यामेराको अनुभव गर्न पाउने कम्पनीको दाबी छ ।

यो बाहेक मुख्य क्यामेरामा भएको ओआईएस फिचर र भीडीआईएस फिचरले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरू खिच्न सहयोग गर्ने कम्पनीले जनाएको छ । ग्यालेक्सी एफ५४ ले रातको समयमा पनि सफा र स्पष्ट फोटो खिच्ने कम्पनीको दाबी छ । यसको अगाडि रहेको ३२ मेगापिक्सेल लेन्स क्यामेराको प्रयोग गरी उच्च गुणस्तरको सेल्फी, भिडिओ रेकर्ड र भिडिओ कल गर्न सकिने कम्पनीले जनाएको छ ।

अक्टा–कोर एक्सिनस १३८० चिपसेट प्रयोग भएको यो फोनमा ६००० एमएएच ब्याट्री दिइएको छ । साथै प्रयोगकर्ताले यो फोनमा चार जेनेरेसनसम्मको ओएस अपग्रेड र पाँच वर्षसम्मको सेक्युरिटी अपडेट पाउने कम्पनीले जनाएको छ । यो फोनको अर्को विशेषता भनेको यसमा भएको ुभ्वाइस फोकसु फिचर हो । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले भ्वाइस अथवा भिडिओ कल गर्दा आसपासको आवाजले अवरोध नपुर्‍याउने गरी कुराकानी गर्न सक्नेछन् । नेपाली बजारमा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५२,४९९ रुपैयाँ तोकिएको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस