२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली क्रिकेट टोलीले ओमानलाई हरायो

Nepali Cricket team

काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय छनोटअघि भएको अभ्यास खेलमा नेपालले ओमानलाई हराएको छ । जिम्बाबेको हरारेमा भएको खेलमा नेपालले ओमानलाई २ विकेटले हराएको हो । पहिला ब्याटिङ गर्दै ओमानले ४९ दशमलब २ ओभरमा २६७ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

जवाफमा नेपालले कुशल भुर्तेलको सतकिय पालीसंगै ४४ दशमलब ५ ओभरमा ८ विकेट गुमाउँदै विजयी लक्ष्य पूरा गर्यो । नेपाललाई सहज जित दिलाउन ओपनर कुशल भुर्तेलले ९४ बलमा १३ चौका र २ छक्कासहित १ सय १ रनको शतकीय पाली खेले । उनी ३१ औं ओभरमा रिटायर्ट आउट हुँदै दीपेन्द्र सिंह ऐरीलाई ब्याटिङको अवसर दिएका थिए ।भीम सार्की ७४ बलमा ९ चौकासहित ५६ रन बनाए । कप्तान रोहित पौडेलले ३१ ,दीपेन्द्रसिंह ऐरीले २६ आसिफ शेखले २३ ,तथा कुशल मल्लले १७ रन बनाए ।

यस अघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलब २ ओभरमा २ सय ६७ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

ओमानका लागि कप्तान जिशान मकसुदले सबै भन्दा वढि १ सय ६ बलमा १ सय ९ रनको योगदान दिए । त्यसैगरी सोयब खानले ३८ रन बनाए ।नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी र प्रतिश जि।सीले समान १र१ विकेट लिए ।

यस अघि जिम्बाबे पुगेपछि नेपालले पहिलो अभ्यास खेल युएईसंग खेलेको थियो । नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो ।ओमान पहिलो अभ्यास खेलमा घरेलु टोली जिम्बाबेसँग २८ रनले पराजित भएको थियो ।

जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो। तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपालले दुई अभ्यास खेल खेलेको थियो ।अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग पराजित भएको थियो।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस