२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

कहाँ कतिले घट्यो हवाई भाडा ?

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। इन्धनको मूल्य घटेसँगै हवाई यात्राको भाडा पनि समायोजन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार हवाई यात्रुको इन्धनबापतको शुल्क घटाएसँगै हवाई भाडा पनि घटेको छ।

सबैभन्दा धेरै विराटनगर–नेपालगन्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमराको भाडा ९० रुपैयाँले घटेको छ। यस्तै, काठमाडौं –भद्रपुरको तीन सय, काठमाडौं–विराटनगर दुई सय ४०, काठमाडौं–धनगढी चार सय ४५, काठमाडौं–नेपालगन्ज तीन सय २५, काठमाडौं–भैरहवा दुई सय १० र काठमाडौं–सुर्खेतको भाडामा तीन सय ४५ रुपैयाँले घटेको छ।

मंगलबार आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले कम गरेको थियो।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस