काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ४ हजार ५९० रुपैयाँमा खरिदबिक्री भएको चाँदी बुधबार घटेर ४ हजार ४८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित मिति : २०८३ असार १० गते बुधवार

