२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नेदरल्यान्ड्सविरूद्धको खेलमा नेपालका ललित राजवंशी घाइते

Lalit Rajbanshi was injured

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको खेलमा नेपालका ललित राजवंशी घाइते भएका छन् । उनी फिल्डिङको क्रममा लडेर घाइते भएका हुन् । उनको हातमा चोट लागेको छ ।

 

नेदरल्यान्ड्सविरूद्ध नेपालका सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । १२.६ ओभरमा सन्दीपले विक्रमजीत सिंहलाई आउट गर्दै पहिलो विकेट लिएका थिए । दोस्रो विकेटको रुपमा सन्दीपले नेदरल्यान्ड्सका वेस्ली बर्रेसीलाई १४.५ विकेटमा आउट गरे ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस