२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

युक्रेनले आफ्नो भूमि फिर्ता गर्न ठूलाठूला प्रतिकारात्मक आक्रमण सुरु गरेको राष्ट्रपति जेलेन्स्कीको घोषणा

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि जवाफी आक्रमण सुरु गरेको बताउनुभएको छ । अहिलेसम्म रुससँग रक्षात्मक बनेको युक्रेनले आफ्नो भूमि फिर्ता गर्न ठूलाठूला प्रतिकारात्मक आक्रमण सुरु गरेको जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण सुरु गरेका छौँ। हाम्रा सेना रुसी सेनालाई धपाउने लक्ष्यका साथ अघि बढिरहेका छन् ।’ जेलेन्स्कीले भन्नुभएको छ । तर उहाँले जवाफी आक्रमणको विवरण भने नदिने बताउनुभएको छ । पछिल्लो समाचार अनुसार युक्रेनी सेना देशको पूर्वी भागमा रहेको बख्मुत र दक्षिणमा जापोरिझियामा अगाडि बढिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि एउटा आन्तरिक बैठकमा युक्रेनले जवाफी आक्रमण गरेको स्वीकार गर्दै चुनौतीको सामना गर्न सेनालाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ।

अमेरिकाले दिएका अत्याधुनिक एफ–१६ लडाकु जहाज, जर्मनीले दिएका लियोपार्ड– २ ट्याङ्क, बेलायतले दिएका च्यालेञ्जर्स–२ ट्याङ्क लगायतको सहायतामा युक्रेनी सेनाले रुसविरुद्ध सफलता प्राप्त गइरहेको पनि राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ।

 

 

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस