२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सावधान : तपाइकोपनि यस्तो बानी छ भने अकालमा मृत्यु हुनसक्छ !

काठमाडौं । हामी साधारण कुरा ख्याल गर्दैनौं । जसले अकाल मृत्यु निम्त्याइरहेको हुन्छ । थाहा पाइरपनि बेवास्ता गर्दा जीवन गुमेका छन् । झापामा यस्तै भएको छ । मोबाइल चलाइरहेका बेला करेन्ट लागेर त्यहाँ एक जनाको मृत्यु भएको छ ।

गौरीगञ्ज गाउँपालिका वडा नं. १ टुनुकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँले चार्जमा रहेको मोवाइलको फोन उठाउन खोज्दा करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार खेतमा काम गर्न गएर घरमा फर्किएका बेला चिसो हातले छुँदा एक्कासी करेन्ट लाग्यो ।

उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हामीपनि भाँडा सफा गरेर वा पानी छोएर चार्ज गरेको मोबाईल छुन्छौ । अझ साना बच्चाहरुले यस्तो ख्याल गरिरहेका हुन्नन् । यसले धेरैको अकालमा ज्यान गएको छ । आजैबाट यो बानी छोड्नुहोस् । आफूले यो जानकारी पढिसकेपछि सक्दो सेयर गर्नुहोस् ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस