२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कर्मचारीलाई आराम गर्न अफिसमै ओछ्यानको व्यवस्था

एजेन्सी । जापानको एक कम्पनीले काम गर्ने कर्मचारीको सुविधाका लागि अफिसमै ओछ्यानको व्यवस्था मिलाएको छ । जापानी कम्पनी इटोकीले कार्यालयमा काम गर्ने आफ्ना कर्मचारीलाई सजिलोका लागि ‘पावर–न्याप’ सुविधा उपलब्ध गराएको हो ।

उक्त कम्पनीले आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीको कुर्सीलाई ढिलो गरी ओछ्यानमा परिणत गर्ने गरी बनाएको छ । त्यसपछि त्यहाँका कर्मचारीहरूले कामको क्रममा आवश्यक ‘पावर न्याप’ मा आधा घण्टा आराम गर्न सक्छन् । कर्मचारीहरु अफिसमै कुर्सीलाई ओछ्यानमा परिणत गरेर दिनको आधा घण्टा सुतिरहेका तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

 

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस