२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

आज फेरि बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख १० हजार १००

today gold price in nepal

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य तोलामा ५ सय बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको १ लाख १० हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

शुक्रवार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी तोलामा १० रुपैयाँले बढेको छ। आइतबार कारोबार मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ भएको छ।

अघिल्लो दिनका तुलनामा १० रुपैयाँ घट्दा शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १९१९.५४ डलरमा कारोबार भइरहेको छ। यसैगरी चाँदी प्रतिऔंस २२.७७ डलर रहेको छ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस