२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेयर बालेन शाह सम्भवत: आज जुल्याहा सन्तानको बुबा बन्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह आज सम्भवत: जुम्ल्याहा सन्तानको बुबा बन्दै हुनुहुन्छ । सन्तान जन्माउनकै लागि पत्नी सविना काफ्ले सुविधा सम्पन्न अस्पताल रहेको भारतको बैंगलोरमा बसिरहनुभएको छ ।

हिजो राति नै सविना काफ्लेले सामाजिक सञ्जालमा बेबीबम्पसहित आफ्ना दाजुसँग तस्वीर खिचाएर मामा बन्ने प्रतिक्षामा भनेर लेख्नुभएको छ । आफ्नो दाजुसँग तस्वीर खिचेर उहाँले किनकी हामीलेपनि एउटै कोख साझा गरेका थियौं भनेर लेखेकी छिन् । ह्यासट्यागमा #siblings राख्नुभएको छ । दुईदिन अघि उहाँका दाजु लक्षमण काफ्लेले मामा चाँडै आमा बन्दै भनेर सोही प्रकारको तस्वीर राख्नुभएको छ । यहाँ केही पोसाक भने फरक छ ।

यसले अनुमान गर्न सकिन्छ की अब बच्चा जन्मिने दिन आइसकेको छ । उच्च स्रोतका अनुसार सविनाको कोखमा दुई सन्तान छन् । जन्मको समयमा स्वास्थ्यमा प्रतिकुल अवस्था आइहाले अति सुविधा सम्पन्न अस्पतालमा पुगिहाल्ने योजना सहित मेयर बालेनले भारतमा आफ्ना ससुरालीहरु बसिरहेको स्थानमा पत्नी सविनालाई छोडेर आउनुभएको थियो ।

 

 

View this post on Instagram

 

A post shared by Sabeena Kafle (@sabee_kafle)

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस