२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

माओवादीको अनेरास्ववियुबाट सभापतिमा विजयीको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

जनकपुरधाम । सर्लाहीमा स्नातक दोस्रो वर्षको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शुभ जनता बहुमुखी क्याम्पस बरहथवामा सञ्चालित मानविकी संकायको दोस्रो वर्षको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी हरिवन नगरपालिका १ बस्ने विष्णुकुमार श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लिला लामिछानेले प्रवेशपत्र पनि नभएको नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताए। सिम्वल नं. ६०२३२०००८ भएका प्रेम दाहालको नाउँमा परीक्षा दिइरहेकोमा उनलाई पक्राउ गरिएको हो। प्रेम भने हरिवनस्थित चतुर्भुजेश्वर बहुमुखी क्याम्पसमा माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिमा निर्वाचित हुन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस