२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

विदेशी मुद्राको विनिमय दर : मंगलबार कुनको कति ?

money exchange rate in nepal today

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (५ भदौ २०८०, मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। मंगलबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २८ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ २५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ७१ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ४१ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ५४ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ७६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ २० पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १३ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २६ पैसा छ। साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५३ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५७ पैसा छ। यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ १२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २९ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६७ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९२ पैसा छ।

 

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस