२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

काठमाडौं महानगरमा जागिर खुल्यो : बालेन–सुनितासँग काम गर्न इच्छुकले विज्ञापन हेर्नुहोस्

"Deputy Mayor Dongol Strongly Dissatisfied with Mayor Balen Shah's Decision After Criticizing the Prime Minister"

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको आवदेन खुलाएको छ । महानगरले यसअघि पनि विभिन्न विज्ञ पदका लागि आवेदन मागेको थियो । तर, पर्याप्त आवेदन नपरेपछि उसले पुनः सूचना निकालेको हो ।

महानगरले वातावरण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञ÷वन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको हो। त्यस्तै काठमाडौं महानगरले मानवशास्त्री, समाजशास्त्री, पुरातत्त्वशास्त्री, अर्थशास्त्री, जन स्वास्थ्यविद्, भूगर्भशास्त्री–भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर मागेको हो । यी पदहरूमा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने महानगरले बताएको छ । महानगरले इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवदेन दिन सक्ने बताएको छ ।

 

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस