२०८२ असार २५ गते बुधवार | 2025 July 9th Wednesday

जान्नुहोस् आजका लागि निर्धारण गरिएको फलफूल तथा तरकारीहरुको मूल्य [ सूचीसहित ]

Prices of vegetables and fruits and all agricultural produce

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८०, टनेल गोलभेडा सानो ६०, लोकल गोलभेडा सानो ४५, घिउ सिमी लोकल ७०, काउली स्थानीय ७०, आलु रातो ५५, मुडे आलु रातो ४६, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ८०, घिरौँला ६० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाजर ११०, मूला सेतो ७०, मूला रातो ७०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी ४०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १८० रुपैयाँ, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ । समितिका अनुसार कुरिलो प्रतिकेजी ४५० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३१५, छडी माछा २३५, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २००, गुन्दुक प्रतिकेजी २८०, भारतीय प्याज सुकेको ७३, लसुन हरियो १८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, तोफु ११०, पिँडालु ६०, तामा ९०, कन्य च्याउ १६०, तने बोडी प्रतिकेजी ९० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, केरा दर्जनको १४०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो २५० रुपैयाँ, कालो अंगुर ४००, किवी ७००, लप्सी प्रतिकेजी ६०, रुख कटहर ४०, शरीफा २५०, फूजी स्याउ ३५०, अम्बा १२०, जुनार ३०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

 

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ ११, २०८०

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस