२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जब मेयर बालेन शाहले आक्रोशित हुँदै भने, सिंहदरबारमा आगो लगाइदिन्छु !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा सरकारसँग आक्रोश व्यक्त गर्नुभएको छ । शनिबार राति उहाँले फेसबुकमा केन्द्र सरकारप्रति रोष प्रकट गर्नुभएको हो । उहाँले संघ सरकारलाई चेतावनी समेत दिनुभएको छ । महानगरपालिकाको गाडी रोक्ने कार्य गरिए देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाइदिने धम्की उहाँले दिनुभएको छ ।

संघ सरकारका तर्फबाट शनिबार महानगरको गाडी रोकिएको उहाँको संकेत छ । गाडीमा उहाँकी श्रीमती सविना काफ्ले सवार रहेको चेकजाँचमा खटिएका प्रहरी अधिकारीको दावी छ । त्यहाँ एक मिनेट मात्र गाडी रोकिएको हो । शनिबार सरकारी गाडी चल्न नदिने नीति अनुसार सोधपुछ गरिएको थियो । भित्र म्याडम हुनुहुन्छ भनेपछि सवारी छोडिएको हो प्रहरी अधिकारीले भन्नुभयो । त्यो घटनापछि राति बालेनले “आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,” भनेर फेसबुकमा लेख्नुभएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस