२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

दिल्ली विमानस्थलमा बाइडेनलाई स्वागत गर्न आएकी यी बच्ची को हुन् ?

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार साँझ दिल्ली एयरपोर्टमा अवतरण गर्दा उनलाई स्वागत गर्न एक सानी बालिका पनि आइन्। एयरपोर्टमा रेकर्ड गरिएको भिडियोमा बाइडेनले ती बालिकालाई अँगालो हालेको देखिन्छ। केही समय कुराकानी समेत भएको छ ।

यस अवसरमा अमेरिकी सरकारका धेरै अधिकारीहरू पनि उपस्थित थिए। यीमध्ये एक अधिकारी एरिक गार्सेट्टी हुन्, जो हाल भारतमा अमेरिकी राजदूतका रूपमा कार्यरत छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार ती बच्ची हुन्– बाइडेनलाई स्वागत गर्न पुगेका एरिक गार्सेट्टीकी छोरी माया गार्सेट्टी। उनी आफ्ना पितासँगै एयरपोर्ट पुगेकी हुन्।

 

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस