२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

चिरख्वा हाइड्रोको सेयर असोज २३ बाट अंकित मूल्यमै, प्रति मेगावाट लागत सवा २१ करोड

काठमाडौं। चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ देखि २६ गतेसम्म आमसर्वसाधारणका लागि सेयर बिक्री खुला गर्ने भएको छ।

स्थानीय प्रभावित, रोजगारमा गएका नेपाली, कर्मचारी, सामूहिक लगानी कोषलाई सेयर बिक्रीपछि कम्पनीले सर्वसाधारणलाई खुलाएको हो।

कम्पनीले कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। कम्तिमा १० र अधिकतम एक लाख कित्तासम्मलाई आवेदन दिन सकिन्छ।

अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। यसैमा आवेदन माग गरिएको छ। ४.७ मेगावाट क्षमताको आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ। प्रति मेगावाट लागत २१ करोड २३ लाख रुपैयाँ अनुमान गरिएको छ।

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस