२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत फाइनलमा

काठमाडौं । घरेलु टोली नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत साफ यू-१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।

टाइब्रेकरमा भारतले नेपाललाई ३-२ ले पराजित गरेको हो । खेलमा भारतले २५ औं मिनेटमा अग्रता लिएको थियो । साहिल खुर्सिदले भारतका लागि गोल गरेका थिए ।

खेलको ७३ औं मिनेटमा नेपालका समीर तामाङले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस