२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

२०.५३ प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो साधारणसभा

काठमाडौं। एभरेष्ट बैंकले नगद र बोनस सेयर पारित गर्ने एजेण्डासहित वार्षिक साधारणसभा डाकेको छ। बैंकले असोज ३० गते वार्षिक साधारणसभा डाकेको हो। बैंकले १० प्रतिशत बोनस सेयर दिने छ। बैंकले १०.५३ प्रतिशत नगद पनि प्रस्ताव गरेको छ।

एभरेष्ट बैंकको अहिले चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ छ। बोनस सेयर वितरणपछि एक अर्ब ६ करोड रुपैयाँले चुक्ता पुँजी बढ्ने छ। बैंकले साधारणसभा प्रयोजनका लागि असोज १६ गते बुकक्लोज गर्ने छ। अघिल्लो दिनसम्म सेयर खरीद गर्नेले साढे २० प्रतिशत लाभांश पाउने छन्।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस