२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

मंगलबार सुनको मूल्य घट्यो – gold price today nepal

gold price today nepal

gold price today nepal : नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख १३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार एक सय ५० तोकिएको छ। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार चार सय ४५ तोकिएको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस