२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

भारतले जी–२० का पाहुनालाई सुनको प्लेटमा चाँदीको चम्चाले खाना खुवाउने

काठमाडौं । भारतले जी–२० को शिखर सम्मेलनमा आउने पाहुनाहरूलाई सुनको जलप लगाइएको प्लेटमा चाँदीको चम्चाले खाना खुवाउने भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार भारतीय आतिथ्यताको संस्कार, पाककला सभ्यताबारे विश्वका नेताहरूलाई जानकारी दिन विशेष भाँडाकुँडाको प्रबन्ध मिलाइएको हो।

आयोजकले नयाँदिल्लीका तारे होटलसँग भएका सुन र चाँदीका भाँडाकुँडा उपलब्ध गराउन भनेको छ। भारतको राजधानी नयाँदिल्लीमा सेप्टेम्बर ९–१० मा जी–२० को शिखर सम्मेलन हुँदैछ। अहिले भारत जी–२० को अध्यक्ष हो। जी–२० को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत नेताहरू आउँदैछन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भने नयाँदिल्ली नआउने भएका छन्।

 

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस