२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

ABBS को दुनियाँमा माछापुच्छ्रे बैंक बन्यो नेपालकै पहिलो सेवा प्रदायक

काठमाडौं । जुनसुकै समयमा वा स्थानमा ग्राहकहरुलाई सरल तरिकाले आफ्नो बैंकिङ कारोबार व्यवस्थापन गर्न माछापुच्छ्रे बैंकले Any Branch Banking Service (ABBS) प्रदान गर्दछ। यो सुविधाले ग्राहकहरुलाई जुनसुकै शाखाहरुबाट आफ्नो खाता सञ्चालन गर्न सक्षम बनाएको छ । नेपालमा पहिलो पटक CBS बाटै ABBS प्रदान गरि संचालन गर्ने माछापुच्छ्रे बैंक हुनाले Digitalization को पहिलो कदममा हौसला मिलेको र आज बैंकलाई एउटा स्मार्ट बैंकको परिचय दिएको हो ।

बैकले सूचनामा भनेको छ, यो सजिलो र छिटो सेवाले हाम्रा ग्राहकहरुको बैंकिङ कारोबारलाई सहज बनाएका यो एक गर्वको स्रोत र सराहनीय पहल हो ।

 

 

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस