२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

एनआईसी एशिया बैकले ल्यायो “फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा” अफर

काठमाडौं । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहक महानुभावहरुका लागि फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहक महानुभावले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफ गर्दा १ थान स्मार्टफोन जित्न सकिनेछ ।

भाद्र १७, २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहक महानुभावलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एन आई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

फण्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर अदर बैंक युउजिङ कनेक्ट आईपीएस छनौट गर्नुपर्छ । यसरी फण्ड ट्रान्सफर गर्दा कनेक्ट आईपीएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । फण्ड ट्रान्सफरतथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ । हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ्ग ग्राहक महानुभावहरुले मोबाइल बैंक एप प्रयोग गरिरहेका छन् भने मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आईपीएस मार्फत प्रति दिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस