२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

प्राइम बैंकले खाता नम्बर परिवर्तन गर्दै, ब्रोकर र डिम्याटमा नयाँ खाता अद्यावधिक गर्न आग्रह

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले भदौ २३ गते शनिबारदेखि ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने भएको छ । बैंकले २०८० भदौ २३ गते शनिबारदेखि विद्यमान १० अङ्क र अक्षरबाट परिवर्तन गरी २० अङ्कको खाता नम्बर कायम गर्ने भएको हो । हाल बैंकका ग्राहकहरुले १० अङ्क र अक्षरमा खाता सञ्चालन गर्दै आइरहेका छन् ।

नयाँ खाता नम्बर परिवर्तनका लागि बैंकले भदौ २२ गते शुक्रबार राति १०ः०० बजे देखि १२ः०० बजेसम्म बैंकको कोर बैंकिङसिस्टम (सीबीएस) अद्यावधिक गर्न लागेको हो । सो २ घण्टा अवधिमा बैंकको एटीएम, मोबाइल बैंकिङ लगायत सम्पूर्ण सेवाहरू प्रभावित हुने बैंकले जनाएको छ । नयाँ खाताको कारोबारहरू ग्राहकहरूसँग हाल भइरहेको चेक तथा एटीएम कार्डबाट नै गर्न सकिने बैंकले जनाएको छ । तर मोवाइल बंैकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरूमा प्रयोग भएका साबिकको खाता नम्बरहरू बैंक आफैँले प्रतिस्थापन गरी बैकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गराउने भएको छ ।

बैंकले शनिबारदेखि नयाँ खाता नम्बर सञ्चालनमा आउने हुँदा धितोपत्र दलाल व्यवसायीक (स्टक ब्रोकर) तथा हितग्राही खाता (डिम्याट) मा जस्ता अन्य सबै निकायहरू प्रयोग भएका स्थानहरुमा भने ग्राहक आफैँले नयाँ अद्यावधिक गराउनुपर्ने बैंकले जनाएको छ । यस सम्बन्धमा ग्राहकरुलाई थप जानकारीका लागि प्राइम कमर्सिैयल बैंकले नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस