२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

यस्तो छ आज सोमबारको सुनचाँदीको मूल्य

gold price today nepal

काठमाडौं। साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्य स्थिर छ। सुन प्रतितोला १ लाख १२ हजार २०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबारभन्दा एक सय बढेर आइतबार सुन उक्त मूल्यमा आएको हो। शुक्रबार १ लाख १२ हजार १०० रुपैयाँले कारोबार भएको थियो।

गत बिहीबार प्रतितोला १ लाख १२ हजार ५०० र बुधबार १ लाख १२ हजार ८०० रुपैयाँ थियो। यसअघि सुनको मूल्य गत मंगलबार १ लाख १३ हजार पुगेको थियो। जुन चालु महिनाकै उच्च थियो। चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा स्थिर छ। गत शुक्रबार १४ सय २५ रुपैयाँ थियो।

‍त्यसैगरि, अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस १९२५.४२ डलर रहेको सुन केही घटेर १९२२.८८ डलरले कारोबार भइरहेको छ। चाँदीमा पनि गिरावट छ । आइतबार प्रतिऔंस २३.५५ डलर रहेको चाँदी सोमबार २३.४९ डलरले कारोबार भइरहेको छ।

 

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस