२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

असोज १८ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्दै माथिल्लो मैलुङ खोला

IPO Share

काठमाडौं । माथिल्लो मैलुङ खोलाले असोज १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो। यो मध्ये १०% अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भइसकेको छ।

यस्तै, ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँड भएको छ। त्यस्तै, आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई १ करोड २७ लाख ५० हजार कित्ता बिक्री गरेर बाँकी रहेको ९ हजार २ सय कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आइपीओ जारी गर्न लागिएको हो।

जसअनुसार १२ लाख ८४ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

 

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस