२०८१ बैशाख १६ गते आइतवार | 2024 April 28th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

निर्णायक खेलमा नेपालको साउदीविरुद्ध विस्फोटक ब्याटिङ : पूरा गरे अर्जुनले शतक, आकाशले अर्धशतक

२ कात्तिक, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेलिरहेको छ । खेल युएसडी–युकेएम ओभलमा नेपालले साउदीविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । साउदीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।

निर्णायक खेलमा नेपालको साउदी अरेबियाविरुद्ध विस्फोटक ब्याटिङ देखिएको छ । अर्जुन कुमालले शतक पूरा गरेका छन् भने, उनीसँग साझेदारी गरिरहेका आकाश त्रिपाठीलेपनि अर्धशतक पूरा गरेका छन् । अर्जुनले ११ चौका सहित ९३ बलमा १०० रन जोडेका छन् । आकाशले तीन चौका र दुई छक्कासहित ६४ बलमा ५० रन पूरा गरेका थिए । ११.५ ओभरमा दिपक बोहोरा आउट भएपछि नेपालले कुनै विकेट गुमाएको छैन ।

यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई–दुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू-१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ । हाल भइरहेको यू–१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्ने भएकोले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछ ।

त्यसैले देव खनालको कप्तानीमा रहेको नेपाली टोली लगातार तेस्रो खेल जित्नै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । समूह ए को विजेताले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नेछ ।

समूह डी को अन्तिम दुई खेल शुक्रबार हुनेछ । जसमा जापान र हङकङ तथा मलेसिया र इन्डोनेसियाबीच खेल हुनेछ । जापान २ खेल जित्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ । हङकङ र मलेसियाको एक जित र एक हारबाट समान २ अंक छ । दुवै खेलमा पराजित इन्डोनेसिया अंकविहीन छ । यू–१९ प्रिमियर कपको शीर्ष तीन टोली मात्र यू–१९ एसिया कपमा छनोट हुनेछन् । मलेसिया जानुअघि नै नेपालले यू–१९ प्रिमियर कपको च्याम्पियन हुँदै यू–१९ एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस