२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नेपाली सेनाप्रति घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

Dilliram Khanal was arrested on charges of spreading hatred towards the Nepalese army

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर नेपाली सेनाप्रति घृणा फैलाएको आरोपमा झापाको दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय डिल्लीराम खनाललाई पक्राउ गरेको हो ।’

उनले सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो। सेनाले दिएको सोही पत्रको आधारमा उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ ।’

 

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस