२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

दक्षिण कोरियामा डुङ्गा पल्टिँदा चार जनाको मृत्यु

Four dead after boat capsizes in South Korea

सिओल । दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा आइतबार माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक दलका बाँकी १४ सदस्य घाइते भएका छन्।

योनहाप समाचार एजेन्सीले जनाएअनुसार १८ जना मानिस बोकेको ७.९३ टनको जहाज स्थानीय समयअनुसार बिहान ५ः५७ बजे सियोलबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको पश्चिमी तटीय शहर बुआनमा टगबोटसँग ठोक्किएपछि समुद्रमा पल्टिएको थियो।

तटरक्षक अधिकारीलाई उद्धारमा संलग्न रहेको बताइएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस