२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

दक्षिण अफ्रिकाका डि कक र एडेनको अर्धशतक : बङ्गलादेशले लियो उत्कृष्ट दुई विकेट

Half-centuries from South Africa's de Kock and Aiden Bangladesh took the best two wickets

काठमाडौं । आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले सय रन पूरा गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले सुरुमा कमजोर सुरुआत गरेपनि क्वेन्टन डि कक र एडेन मार्करमले पारी सम्हालेका छन्।

हालसम्मको अवस्थामा २९.१ ओभरको खेल चलिरहँदा दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा १५२ रन बनाएको छ। दक्षिण अफ्रिकाका लागि डि कक र एडेनले अर्धशतक पूरा गरेका छन् । डि कक ८२ बलमा ८३ रन जोडेर शतक नजिक छन् ।

दक्षिण अफ्रिकाका रेजा हेन्डरिक्स १२ र रसी भेन डर डसेन १ रन बनाएर आउट भएका छन्। बङ्गलादेशका लागि मेहदी हसन मिर्जाले १ र सोरिफुल इस्लामले १ विकेट लिएका छन्।

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस