२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

गाजामा पूर्ण घेराबन्दी लगाएको खुलासा गर्दै खरानी बनाउने इजरायलको उद्घोष, हमासले वार्ता अस्वीकार गर्‍यो

तेल अभिभ । गाजामा रहेको प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको अत्यन्तै घातक हमलापछि तेल अभिभले आइतबार औपचारिक रूपमा युद्धको घोषणा गरेको थियो। अपरेसन अल–अक्सा फ्लड भनेर चिनिने हमासको अपरेसनबाट सुरु भएको जारी युद्धमा दुवै पक्षका १,१०० भन्दा बढीको मृत्यु भएको छ। हजारौं घाइते र विस्थापित भएका छन्। १३० भन्दा बढी इजरायली र अन्य नागरिकलाई पनि हमासले बन्धक बनाएको आशंका गरिएको छ।

शनिबारदेखि हमासले इजरायलमा ट्रिपल आक्रमण सुरु गरेको छ । रकेट ब्यारेजहरू बारम्बार प्रहार गरिरहेको छ । दक्षिणी धेरै शहरहरू नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो समूहलाई सिध्याउने घोषणा गरेपछि इजरायलले अप्रेसन थप घातक बनाएको छ । इजरायलले ४०० विद्रोहीहरूलाई मारेको दाबी गर्दै ठूलो हवाई आक्रमण सुरु गरेको छ । इजरायलले गाजामा पूर्ण घेराबन्दी लगाएको दावी गरेको छ । घेराबन्दीमा पारिसकेको बार्तामा नआए खरानी बनाउने इजरायलको धम्कीलाई हमासले वार्ता अस्वीकार गरेको छ । इजरायललाई घुँडा टेकाएर नै छोड्ने हमासको दावी छ ।

 

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस