२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

Israel Hamas War : विश्वकै लागि घातक युद्ध भइरहेको इजरायल र हमाससँग कतार जोडियो !

काठमाडौं । आतंकवादी संगठन हमासले इजरायलमा लगातार रकेट वर्षा गरिरहेको छ । जवाफी हमलामा इजरायलले हमासमाथि पनि हमला गरेको छ । हमासले इजरायलमा प्रवेश गरी हजारौं मानिसहरूलाई बन्धक बनाएको छ। यसैबीच हमास र इजरायलबीच बन्धक आदान–प्रदानमा कतारले मध्यस्थता गरेको समाचार आइरहेका छन् । आतंकवादी समूहको एक स्रोतले यो जानकारी दिएको छ।

नाम न छाप्ने सर्तमा स्रोतले सिन्ह्वा समाचार एजेन्सीलाई भन्यो, अमेरिकाको समर्थनमा कतारले तत्काल सम्झौता पूरा गर्न चाहन्छ। यसअन्तर्गत हमासले कब्जामा लिएका इजरायली महिलालाई इजरायली जेलमा रहेका प्यालेस्टिनी महिला बन्दीहरूको सट्टामा रिहा गरिने बताइएको छ। गाजामा कति इजरायली बन्धक बनाइएको छ भन्ने पनि स्पष्ट नभएको तर हमासले धेरैलार्ई बन्धक बनाएको विश्वास छ ।

हमासले महिला, बालबालिका, बृद्धबृद्धा र सैनिकलाई नियन्त्रणमा लिएको स्रोतका अनुसार हमासले कतारलाई इजरायली जेलमा रहेका ३६ प्यालेस्टिनी महिला बन्दीलाई रिहा गरेमा कैदी आदान–प्रदान गर्न सहमत हुने जानकारी दिएको छ । शनिवार हमासले गाजा पट्टीसँग जोडिएका इजरायली शहरहरूमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला सुरु गरेको थियो।

 

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस