२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

खाद्यले घटायो खसीबोका र च्याङ्ग्राको भाउ

काठमाडौं । सरकारले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुक्रबारदेखि लागु हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो।

सरकारले यसअघि १० रुपैयाँ छुट दिँदै जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० मा बिक्री गर्दै आएको थियो। यस्तै च्याङग्रा प्रतिकिलो १२५० मा बिक्री गर्दै आएको थियो। थप छुटपछि अब खसी प्रतिकिलो ६५० पर्नेछ। च्याङ्ग्राको मूल्य प्रतिकिलो एक हजार २२५ कायम कम्पनीले जनाएको छ। कम्पनीले मंगलबारदेखि खसीबाेका र च्याङ्ग्रा बिक्री गर्न थालेको हो।

 

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस