२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

१२ उपसमूहमा बल्यो हरियो बत्ति, नेप्से करेक्शन – आजको नेपाली सेयर बजार

nepal share market today

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन साढे १७ अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेको हो। यस दिन नेप्से परिसूचक ९.२४ अंक बढेर १९६७.९७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४६ अंक र सेन्सेटिभ इण्डेक्स ०.०५ अंक बढेको छ।

यस दिन २८४ स्टकको ५८ हजार ७४१ पटकको कारोबारमा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँ बराबरको ४३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। १३ उपसमूहको परिसूचक बढेसँगै यस दिन नेप्सेमा सामान्य सुधार देखिएको हो। यस दिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूह्को परिसूचक सर्वाधिक १.५२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.०७ अंक घटेको छ।

नेप्से सामान्य बढेपनि यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य यस दिन २७ रुपैयाँ ६० पैसा बढेर ३०३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर र इन्फिनिटी लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको समता लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ६.६१ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ६ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस