२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

यूएन स्थापना दिवसमा नेपाली सेनाको शान्ति पदयात्रा

Peace Walk of Nepali Army on UN Foundation Day

कार्तिक १, काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघ स्थापना दिवस (यूएन डे) का अवसरमा पाँच किमी दूरीको शान्ति पदयात्रा गरेको छ। सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेल मैदानबाट शुरु भएको पदयात्रा शहीदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुनः शहीदगेट भएर सोही खेल मैदानमा पुगेर समापन भएको हो।

प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति, रथीवृन्द, उच्च सैनिक अधिकृतसहित सकल दर्जा, गैरसैनिक व्यक्तिलगायत सो पदयात्रामा सहभागी थिए। राष्ट्रसंघको स्थापना दिवस अक्टोबर २४ बडादशैँ पर्व परेकाले आज ‘यूएन–डे’ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा सैनिक मुख्यालयमा आजै ‘यूएन डे’ विशेष कार्यक्रमको आयोजना हुँदैछ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस