२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

अमेरिकाको ल्युस्टन सहरमा गोलाबारी, १६ जनाको हत्या

Shooting in the US city of Lewiston killing 16 people

काठमाडौं । अमेरिकाको माइन राज्यस्थित ल्युस्टन सहरमा एक बन्दुकधारीले गोली हानी १६ जनाको हत्या गरेका छन् । कम्तिमा ५० जना भन्दा बढी घाइते भएका छन् ।

माइनमा प्रहरीले कम्तिमा १६ जनाको ज्यान गएको एक बन्दुकधारी फरार रहेको बताएको छ । बीबीसीका अनुसार पुलिसले घटनाको अनुसन्धान गरिरहेको र एक संदिग्धका फोटोहरू जारी गरेको बताए। बन्दुकधारी पक्राउ नपरेसम्म घरबाहिर ननिस्कन समेत प्रहरीले आग्रह गरेको छ ।

ट्विटरमा माइन राज्य पुलिसले ल्युस्टनमा एक सक्रिय शूटर रहेको बताएको छ। द्विट्टमा भनिएको छ,‘हामी मानिसहरूलाई ठाउँमा शरण लिन आग्रह गर्छौं। कृपया ढोका बन्द गरेर आफ्नो घर भित्रै बस्नुहोस्।’ प्रहरीले संदिग्धको तस्बिर सार्वजनिक गरेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस