२०८२ मङ्सिर २७ गते शुक्रवार | 2025 December 12th Friday

भारत–पाक खेलमा स्विगीसँग ३५०९ जनाले मागे कण्डम, कण्डम निर्माता कम्पनीको झनै रोचक प्रतिक्रिया

swiggy received 3509 condom orders during india pakistan match

नयाँ दिल्ली । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारत–पाकिस्तान विश्वकप खेल हेर्न १ लाखभन्दा बढी मानिस आएका थिए । रोमाञ्चक खेलमा भारतले पाकिस्तानसँग लज्जास्पद हार बेहोरेको थियो ।

खेलको क्रममा भएका अनौठा किस्साहरु अहिले बाहिर आइरहेका छन् । खेल सकिएपछि अनलाइन खाना वितरण प्लेटफर्म स्विगीसँग ३५०९ जनाले कन्डमहरूको अर्डर गरेको खुलेको छ । स्विगी आफैले ट्विटरमा यसको जानकारी दिएको छ । स्विगीले ट्वीटरमा लेखेको छ, ३५०९ कण्डमको अर्डर गरिएको छ। स्विगीको यो पोस्टमा प्रयोगकर्ताहरूले हास्यास्पद कमेन्ट गरेका छन् ।

स्विगीको यो पोस्टमा एक प्रयोगकर्ताले लेखेका छन्, कम्तीमा भारतले उत्कृष्ट खेलेको छ । उनीहरूले पाकिस्तान जस्तो आत्मसमर्पण गरेन । यो रमाइलोको क्षणमा यो सबै सामान्य हो । प्रमुख कण्डम निर्माता ड्युरेक्स इन्डियाले पनि स्विगीको यो पोस्टमा कमेन्ट गरेको छ । ड्युरेक्स इन्डियाले लेख्यो, हामी आशा गर्छौं कि सबै ३५०९ ले नै स्मरणीय प्रदर्शनका साथ समाप्त गरे ।

प्रति मिनेट २५० बिरयानी अर्डर

कन्डम मात्र होइन, मानिसहरूले म्याचको दौरान प्रशस्त मात्रामा बिरयानी अर्डर गरेका थिए । स्विगीले शनिबार भारत र पाकिस्तानबीचको खेलमा प्रति मिनेट २५० भन्दा बढी बिरयानी अर्डर प्राप्त गरेको बताएको थियो ।

खेल सुरु भएदेखि नै स्विगीमा प्रति मिनेट २५० बिरयानी अर्डर गरिएको थियो। कम्पनीले भन्यो, ‘चण्डीगढको एक परिवारले एकैपटक ७० वटा बिरयानी अर्डर गरेर अचम्वित पारेको थियो । यस्तो देखिन्छ कि उनीहरू यो समय उत्सव मनाइरहेका थिए। केहि प्रयोगकर्ताहरूले स्विगीको यो पोस्टमा कमेन्टमा छुट कोडहरू मागेको पनि देखियो।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस