२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

युवा पत्रकार सागर घिमिरेको निधन : मुटुको समस्यामा अस्पताल पुग्दा ठिकै छ भनेर घर पठाएको थियो

Young journalist Sagar Ghimire passed away

काठमाडौं । युवा पत्रकार सागर घिमिरेको निधन भएको छ। शुक्रवार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरे।

मुटुमा समस्या देखिएपछि उनी बिहीबार अस्पताल भर्ना भएका थिए। डिस्चार्ज भएका उनको स्वास्थ्यमा पुन समस्या देखिएपछि शुक्रवार
अस्पताल लगिएको थियो। उनी न्यू बिजनेस एज, रिपब्लिका दैनिक हुँदै हाल अन्तर्राष्ट्रिय मिडिया एजेन्सी एएफपीमा कार्यरत थिए।

 

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस