२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

दमकमा आगलागी हुँदा ४० लाख बराबरको क्षति

काठमाडौं । दमकमा बुधबार विहान आगलागी हुँदा २ घरसहित ग्वाली जलेर नष्ट भएको छ । झापाको दमक ३ स्थित मनबहादुर बोहोरा र सर्मिला कार्कीको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उक्त आगलागीमा परेर बोहोराको ग्वालीमा बाँधेको ४ वटा बाख्रा पनि जलेर मेरका छन् । आगलागीबाट नगद २ लाख २४ हजार, ५ तोला सुनलगायत घरमा रहेको भौतिक संरचनासहित करिब ४० लाख बराबरको क्षति भएको बताइएको छ । घरसहित अन्नपात सबै जलेपछि पीडित परिवार छिमेकीको शरणमा छ । दमक नगरपालिकाले विहानपख आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस